सरकारले निजी अस्पतालका डाक्टरलाई सरकारी अस्पतालमा काम गर्न दिने

चैत्र २४,२०७६

-

चैत २४,२०७६ काठमाडौं ।
मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको उपचारका लागि निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई सरकारी अस्पतालमा काम गर्न दिने निर्णय गरेको छ । 
 
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा काम गर्न चाहनेमा सम्बन्धित तह अनुसार काम गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
 
उनीहरुलाई सरकारी चिकित्सक सरहको सुविधा दिने र निजी अस्पतालमै कोरोना संक्रमण सम्बन्धी रोगको उपचारमा खटिएमा नेपाल सरकारले नै भत्ता दिने निर्णय गरेको छ । 
 
संक्रमित १४ दिन क्वारेन्टाइनमा बसेपनि अर्को ७ दिन आफ्नै घरमा बस्नुपर्ने निर्णय गरेको छ ।