Trending :
 

कोरोना संक्रमण देखिएर उपचाररत आठै जनाको स्वास्थ्य सामान्यः स्वास्थ्य मन्त्रालय

चैत्र २५,२०७६

-

चैत २५,२०७६ काठमाडौं ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ७९६ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा  देशैभरका क्वारेन्टाइनमा नौ हजार २२८ जना रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
 
“आज नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छैन्, संक्रमण देखिएर उपचाररत आठै जनाको स्वास्थ्य सामान्य रहेको छ,” उनले भने,“आज काठमाडौ उपत्यकका १६ जना र काठमाडौ बाहिरका विभिन्न अस्पतालको आइसोलेसनमा ८४ जना उपचाररत रहेका छन् ।”
 
मन्त्रालयले सार्वजनिक गरेको १११५ र ११३३ कल सेन्टरमा २४ घण्टामा तीन हजार  ५०५ जनाको गुनासो सम्बोधन गरिएको उनले जानकारी दिए । उनले आठै जनाको कोरोना संक्रमितहरु नजिक रहेका र परिवारका सदस्यहरुको ९० प्रतिशत गरिसकेको बताए ।
 
पिसिआर मेसिनबाट र र्यापिट टेष्ट किटबाट परिक्षण गर्न  स्वाब नमुना परिक्षण गर्न कैलालीमा १८ र कञ्चनपुरमा २१ वटा नमुना संकलन भएको छ । जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। देवकोटाले ति जिल्लाबाट ४ सय ५० नमुना संकलन गर्ने लक्ष्य रहेको बताए । काठमाडौ बाहिरका ९ जिल्लामा कोरोना भाइरसको परिक्षण भइरहेको छ ।
 
उनले काठमाडौ उपत्यकका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिको थप नमुना संकलन गरिएको  बताए । मन्त्रालयले हाम्रो स्वास्थ्य मोबाइल एपमा कोरोना भाइरसको लक्ष्णसँग मिलेका रेड जोनमा १७ जना परेका छन् जम्मा रेड जोनमा एक सय ७२ जना रहेका मन्त्रालयले जनाएको छ ।