कामदार र तलब समेत कटौती गर्न साउदी सरकारको अनुमती, हजारौँ नेपाली प्रभावित

चैत्र २५,२०७६

-

चैत २५, २०७६ काठमाडौं ।
 
कोरोनाभाइरसको महामारीका कारण व्यावसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई कामदार र उनीहरुको तलब नै कटौती गर्न साउदी सरकारले अनुमती दिएको छ ।
 
उक्त निर्णयसँगै साउदी अरबमा कार्यरत हजारौँ नेपाली कामदार प्रभावित हुने भएका छन् ।
 
तर, यसका लागि कामदारको सहमति पनि हुनुपर्ने सर्त राखिएको साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले केही कम्पनीहरुले कोरोनाभाइरसको संकटमा पनि कामदारको शोषण गर्न सक्ने भएकाले त्यस्तो भएमा उजुरी गर्न आह्वान गरेको छ ।
 
‘कुनै पनि किसिमको शोषण भएमा कामदारले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्,’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले  भने ।