प्रहरी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने
-
चैत २७,२०७६ काठमाडौं ।
सरकारले सशस्त्र प्रहरी बल (एपीएफ)को बलम्बुस्थित अस्पताललाई कोरोना डेडिकेटेडु अस्पतालका रुपमा तयार गरेको छ ।
राजधानीमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएको कोरोना रोगको परीक्षण तथा उपचार अब एपीएफ अस्पतालबाट पनि थालिएको हो।
एपीएफ अस्पतालमा पहिलो पटक ७ जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार थालिएको छ। उपचारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी चिकित्सकहरुको संयुक्त टोली खटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एपीएफ अस्पतालमा ७ जनालाई आइसोलेसन वार्डमा राखिएको जनाएको छ।
चैत ८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिले एपीएफ अस्पताललाई कारोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल बनाउने निर्णय गरेको थियो। सोही निर्णयपछि सशस्त्रले अस्पताल परिसरमा रहेका अन्य कार्यालय अन्यत्र सारेको थियो।