Trending :
 

बेलायतमा कोरोना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध निको भएपछि खुसीयाली

चैत्र २८,२०७६

-

चैत २८, २०७६ काठमाडौं ।
 
कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।
 
बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।
 
उनकी बुहारीले भनिन्, ुउहाँ यो उमेरमा पनि गज्जबको हुनुहुन्छ ।
 
उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फोटो खिचाए र फेसबुमा शेयर पनि गरे । यो फोटो अहिलेसम्म तीन हजारभन्दा शेयर भएको छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।