जहाँ लकडाउन छैन, कोरोना छैन, संक्रमण छैन र जनता स्वतन्त्र छन्

चैत्र २८,२०७६

Ashgabat city , Turkmenistan

-

आस्थान्युज बिशेष–
 काठमाडौं । कोविड–१९ अर्थात कोरोना भाइरसवाट शक्ति राष्ट्रहरु हैरान छन् । यो भाइरस विश्वमा फैलिएको ३ महिना भइसक्यो । तर, संसारमा यस्ता देशहरु छन्, जुन देशहरु शक्ति राष्ट्रको लहैलहैमा लाग्दैनन् । आफ्नै ढंगले उनिहरुले कोरोना भाइरसलाई नियन्त्रण गरेका छन् । जस्ले गर्दा जनताले लकडाउनको कहर भोग्नु परेको छैन । 
 
तुर्किमेनिस्तान । संसारका अधिकांश देशहरु लकडाउनको कष्टवाट गुज्रिरहँदा यो देश भने सामान्य जिवनमा चलिरहेको छ । यहाँ बजार, यातायात, उद्योग, कलकारखाना, पसल, रेष्टुरेण्ट आदि चलिरहेका छन् । सरकारले लकडाउन त के कुनै प्रकारको बन्दको दवावलाई स्वीकार गर्देन । विश्व स्वास्थ्य संगठनको अनुरोधलाई तुर्किमेनिस्तानले फेकको संज्ञा दिएको छ । 
 
 
 राष्ट्रपति गुरवाङगुले बर्दिमुचामेदोेले डब्लुएचओका निर्देशन र चेतावनीलाई अस्वीकार गर्दे आएका छन् । राष्ट्रपति बर्दिमुचामेदो आँफै चिकित्सक हुन् । उनि पहिला स्वास्थ्यमन्त्री थिए । उनले भनेका छन्,‘कोरोनाको त्रास फैलाएर देशका जनतालाई बन्धक बनाउन चाहन्न ।’ सबै बजारहरु निर्वाध रुपमा चलिरहेका छन् । अचम्मको कुरा के छ भने यहाँ अहिलेसम्म कोरोनाको कुनै विरामी फेला परेको छैन । करिब ६० लाख जनसंख्या रहेको तुर्किमेनिस्तान रसियाको प्रभावित देश हो । रसियाले लकडाउन गर्न गरेको आग्रहलाई तुर्किमेनिस्तानले अस्वीकार गरेको छ । तुर्कमेन र रसियन भाषा बोल्ने तुर्किमेनिस्तानमा सभा समारोह र सार्बजनिक कार्यक्रममा कोरोनाको नाम लिन प्रतिबन्ध लगाइएको छ । दुई साता अघिसम्म यहाँ मास्क लगाउन निषेध थियो । अहिले संवेदनशिल स्थानमा मास्क लगाउन फुकुवा गरिएको छ । डब्लुएचओले भने तुर्किमेनिस्तानले सुचना लुकाएको आरोप लगाएको छ । तर, यहाँका जनता र सरकारले त्यो आरोपलाई खण्डन गरिरहेका छन् । 
 
 
जहाँ कि तुर्किमेनिस्तानको दक्षिण पश्चिममा इरान पर्छ । इरान कोरोनाले थला पारेको मुलुक हो । तर, तुर्किमेनिस्तानले छिमेकी मुलुकमा त्यस्तो भयावह अवस्था देखेर पनि कुनै लकडाउन लगाउन आवस्यक देखेन । लकडाउन लगाएका मुलुकहरु संक्रमित भइरहँदा लकडाउन नलगाएरै तुर्किमेनिस्तानले जनतालाई बँचाइरहेको छ । 
 
 तुर्किमेनिस्तानले लकडाउन नगरेपनि गर्यो के ? धेरैलाई जिज्ञासा हुन सक्छ । जब चीनको वुहान शहरमा जनवरीमा कोरोना देखा पर्यो, अनि यो देशले विदेशीका लागि सिमाना बन्द गरिदियो । चीनवाट आउनेलाई प्रतिवन्ध लगायो । देश भित्रै भएका चिनियाँलाई पनि आफ्नै देश फर्काइदियो । तर, देश भित्र कुनै लकडाउन नगरी कोरोनावाट जोगिएको छ तुर्किमेनिस्तान । 
 
 ताजिकिस्तान । अहिलेसम्म यो देशमा पनि कोरोना भाइरस संक्रमण फैलिएको छैन । एकजना पनि कोरोनाको विरामी फेला परेको छैन । करिब नेपाल जत्रो भुभाग भएको यो देशमा जम्मा ८० लाख जनसंख्या छ ।
 
 
अहिलेसम्म जनतालाई यो देशको सरकारले कोरोनावाट बँचाइरहेको छ । राष्ट्रपति इमोमाली रहमानले जनताको आवस्यकतालाई ध्यान दिइरहेका छन् । राजधानी दुशानबेमा कुनै भयभित वातावरण छैन । 
 
बेलारुस । यो पनि रसियन प्रभावित देश हो । तर, युरोप जोनमा पर्छ यो देश । यहाँ पनि कुनै लकडाउन छैन । विश्व स्वास्थ्य संगठनले अप्रिल १० अर्थात शुक्रवारसम्म दिएको विवरण अनुसार, बेलारुसमा कोरोना भाइरसका कारण १९ को मृत्यु र १ हजार ९ सय ८१ जना संक्रमित भएको जनाएको छ । तर, पनि यो देशमा कुनै लकडाउन छैन । निर्वाध रुपमा बजारहरु संचालन छन् । 
 
 
आफ्नो देश गरिब भएको र लकडाउन लगाउँदा झनै गरिब हुने भएकोले लकडाउन नलगाउने यहाँको सरकारले भनिरहेको छ । छिमेकी मुलुकहरुले बेलारुस सरकारलाई दुस्साहसको संज्ञा दिएका छन् । यहाँका मिडियाले सरकारको आलोचना गरेपनि ब्यवसायी तथा सर्बसाधारण जनताले सरकारको निर्णयलाई सामान्य रुपमा हेरेका छन् । बेलारुसले डब्लुएचओको लकडाउन लगाउने आग्रहलाई धम्कीको संज्ञा दिएको छ । 
 
 माथि उल्लेखित उदाहरण जस्तै विश्वमा अहिले पनि लकडाउन नलगाउने र आंशिक मात्र लकडाउन लगाएर देशका जनतालाई जोगाइराख्ने ३० वटा मुलुक छन् । जबकि, शक्ति राष्ट्रहरु लकडाउनको घेरामा बाँधिएका छन् । उनिहरु नै कोरोना भाइरसवाट धेरै पीडित छन् । लकडाउन नलगाइकन मध्यम विकसित र कम विकसित यस्ता केहि देशहरु शक्ति देशहरुको लहलहैमा नलागीकन जनताको मन जितिरहेका छन् । नेपालले पनि भारत र चीनको आदेशवाट होइन, आफ्नै निर्णयवाट अघि बढ्ने होकि । 
(स्रोत, विश्व स्वास्थ्य संगठन, सम्वन्धित देशका अनलाइन पोर्टलहरु )