टर्कीमा कोरोना सङ्क्रमित ९३ वर्षीया वृद्धा उपचारपछि घर फर्किन
-
चैत २९,२०७६ काठमाडौं ।
टर्कीमा एक ९३ वर्षीया वृद्धाले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन् । विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बेला यो राहतको खबर आएको हो ।
टर्कीकी ९३ वर्षीया महिलाको कोरोनालाई हराएकी हुन् । इस्तानबुलको एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार अस्पतालका प्रमुख डाक्टर जेकाए कुत्लुबेले भने, यो हाम्रो लागि हौसला बढाउने खबर हो किनकि यही उमेरका मानिसलाई कोभिड १९ को खतरा धेरै हुन्छ । अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका बिरामीहरुलाई भने निको हुन धेरै समय लाग्छ ।
ट्रकीमा अहिलेसम्म ४७ हजारभन्दा धेरै कोरोनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणको हिसाबले टर्की नवौँ स्थानमा छ । इटलीमा कोरोनाको कारण अहिलेसम्म एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
डाक्टर कुत्लुबे भन्छन्, ९३ वर्षीया महिला स्वस्थ भएर सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर निस्कनु हाम्रो लागि र अन्य बिरामीका लागि हौसला बढाउने खबर हो ।