Trending :
 

कोरोना भाइरसका कारण बेलायतमा १९ स्वास्थ्यकर्मीको मृत्यु

चैत्र २९,२०७६

-

चैत २९,२०७६ काठमाडौं ।
बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट १९ जना स्वास्थ्यकर्मीको निधन भएको छ । 
 
बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले भने, निकै दुखका साथ भन्‍नुपर्छ । राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत १९ जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उहाँको परिवारजनमा गहिरो समवेदना ।
 
अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्री हानककले कोरोना भाइरसबाट मृत्यु हुने स्वास्थ्यकर्मीहरुमा अल्पसंख्यक समुदायबाट भएकोतर्फ संकेत गरेका छन् । 
 
बेलायतमा इटालीमा सबभन्दा बढी मृत्यु भएको दिनकोभन्दा बढी कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको जनाइएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमितको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ भने कोरोना संक्रमित ७३ हजारभन्दा बढी छन् । सीएनएन