Trending :
 

कोरोना संक्रमणबाट ७४ वर्षकी ब्रिटिस अभिनेत्री हिलारीको निधन

चैत्र ३०,२०७६

-

चैत ३०,२०७६ काठमाडौं ।
हलिउड हरर चलचित्र ‘विचफाइन्डर जनरल’ की अभिनेत्री हिलारी हिथको ७४ वर्षको उमेरमा निधन भएको छ । 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोनासँग लडिरहेकी उनी श्वास–प्रश्वासमा आएको असहजताका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । हिलारीका छोराले एलेक्सले सामाजिक सञ्जाल फेसबुकमार्फत उनको निधनको पुष्टि गरेका हुन् ।
 
‘विचफाइन्डर जनरल’बाट चलचित्रमा डेब्यु गरेकी हिथले अभिनयसँगै चलचित्र निर्माण पनि गरेकी छिन् । 
 
विश्व आतंकित बनाइरहेको कोरोनाको कहर अहिले अमेरिकामा बढी देखिरहेको छ । कोरोनाले अहिलेसम्म हलिउडमा मार्क ब्लम, ग्रैमी वि, जोइ डिफी, एलन मेरिल, एन्ड्रयु ज्याकलगायत १९ सेलिब्रिटीको निधन भइसकेको छ ।