आषाढ १२,२०७४
-
१२ असार,काठमाडौं- ओलम्पियन तथा भारोत्तोलनका प्रमुख प्रशिक्षक सुनीललाल जोशीको ५३ वर्षको उमेरमा आइतबार विहान निधन भएको छ । हृदयाघातका कारण केही दिनदेखि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा भर्ना गरिएका जोशीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । जोशी दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडी हुन् । नेपाल ओलम्पियन संघका अध्यक्षसमेत रहेका जोशीले २०४१ सालमा काठमाडौंमा आयोजना भएको प्रथम दक्षिण एशियली खेलकुद (साफ) मा सहभागिता जनाउँदै रजत पदक पनि प्राप्त गरेका थिए । दक्षिण एसियाली खेलकुदको प्रथम संस्करणदेखि सातौं संस्करणसम्म प्रतिस्पर्धा गरेका जोशीले अहिलेसम्म ६ रजत र ११ वटा कांस्य पदक जितेका छन् । जोशीको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । जोशीका श्रीमती र एक छोरा छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार