Trending :
 

एनसेलको तिर्नुपर्ने कर चुक्ता, थप १४ अर्ब ३३ करोड ५६ लाख बुझायो

चैत्र ३०,२०७६

-

चैत ३०,२०७६ काठमाडौं ।
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप १४ अर्ब ३३ करोड ५६ लाख पुँजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ लाख ५२ हजार ४६ रुयैयाँ बुझाएको हो।
 
यो सँगै उसले तिर्नुपर्ने कर चुक्ता भएको छ। एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ।
 
यस अघि एनसेलले पुस १५ गते चार अर्ब पचास कोरोड, चैत १८ मा चार अर्व ६० करोड कर बुझाएको थियो। यो चुक्तासँगै २०७६ चैत २९ देखि यो प्रकरण अन्त्य भएको ठूला करदाता कार्यालयले बताएको छ।