Trending :
 

महामारी रोकथामका लागि जंगली जनावरको बिक्री वितरणमा प्रतिबन्ध लगाऔंः राष्ट्रसंघ

बैशाख ०१,२०७७

-

बैशाख १,२०७७ काठमाडौं ।
संयुक्त राष्ट्रसंघको जैविक विविधता प्रमुख एलिजावेथ मरुमा म्रेमाले विश्वव्यापी महामारी रोकथामका लागि जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन आग्रह गरेकी छन् । 
 
उनले बीबीसीसँग भनिन्, जंगली जनावरको किनबेचका कारण मानव स्वास्थ्यमा त्रास उत्‍पन्‍न भएको छ । विशेष गरी लोपन्मुख जनावरको किनबेचका कारण यस्तो समस्या उत्पन्‍न भएको छ ।
 
हामीलाई थाहा छ कि विगत ६० वर्षयता मानवीय गतिविधिका कारण अधिकांश जुनोटिक डिजिज् (जनावरबाट हुने रोगहरु) को संक्रमण बढेको छ । जंगली जनावर र मानवबीचको सम्बन्ध नजिकिँदै जाँदा यस्ता रोगको संक्रमणको दर उच्च देखिन्छ,म्रेमाले थपिन् । 
 
त्यसकारण मासुजन्य बजार नियमन गर्नुका साथै, सरसफाइमा ध्यान दिन र जंगली जनावरको अवैधानिक व्यापारलाई बन्द गर्नुपर्ने उनको सुझाव छ । 
 
उनले केही ग्रामिण समुदाय जंगली जनावरको व्यापारमा निर्भर भएको उल्लेख गर्दै आर्थिक र खाद्य सुरक्षाको प्रत्याभूति गर्न आवश्यक रहेकोतर्फ जोड दिइन् । 
 
चीनले जंगली जनावरको व्यापारमा अस्थाइ प्रतिबन्ध लगाएको छ । बीबीसी