Trending :
 

कोरोना भाइरसबाट मर्ने १ लाख २६ हजार नाघे

बैशाख ०३,२०७७

-

बैशाख ३,२०७७ काठमाडौं ।
 
कोरोना भाइरस (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २६ हजार ५३८ जनाको ज्यान गइसकेको छ । 
 
१३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।  जसमध्ये ५१ हजार ५९५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अहिलेसम्म ४ लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 
 
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९८९ जनाको ज्यान गएको छ । इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ । 
 
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् । ६ हजार २९९ जनाको परीक्षण गरिसकिएको छ । आइसोलेसनमा ९९ जना रहेका छन् ।