Trending :
 

ताइवानमा कोरोनाको नयाँ सङ्क्रमण नदेखिएपछि जेरो लेखेर खुसीयाली मनाए

बैशाख ०३,२०७७

-

बैशाख ३,२०७७ काठमाडौं ।
ताइवानमा मङ्गलबार ३६ दिनपछि पहिलो पटक कसैमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन् । यसले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि ताइवानको सुरुवाती प्रयास प्रभावकारी भएको देखिन्छ ।  
 
झण्डै दुई करोड तीस लाख जनसङ्ख्या रहेको ताइवानमा अहिलेसम्म तीन सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ६ जनाको ज्यान गएको छ ।
 
गएको मार्च ९ देखि पहिलो पटक नयाँ सङ्क्रमण देखिएको छैन म खुसी छु । तर अझै पनि महामारी नरोकिएको हुँदा हामीले निरन्तर प्रयास गरिरहन नै पर्छ तर सङ्क्रमण नदेखिनु खुसीको कुरा हो, स्वास्थ्य मन्त्री चेन शीह चुङले भने ।
 
ताइवनले तत्काल सङ्क्रमित पत्ता लगाउन, उनीहरुलाई आइसोलेशनमा राख्न र उनीहरुको सम्पर्कमा रहेकालाई सम्पर्कमा ल्याउन सझम भयो । एसियाकै अरु देश कोरोनाको सङ्कटतर्फ धकेलिँदै गर्दा ताइवान भने केही सफल भएको छ । 
 
ताइवानको राजधानी ताइपेईको चर्चित ग्राण्ड होटलले पनि जेरो लेखेर खुसी मनाएको छ ।