Trending :
 

बिरामी नभएपछि चीनमा कोरोना उपचारका लागि खुलेको अस्थायी अस्पताल बन्द

बैशाख ०४,२०७७

-

बैशाख ४,२०७७ काठमाडौं ।
 
चीनको वुहानमा कोरोना संक्रमितहरुको उपचारका लागि खुलेको अस्थायी अस्पताल बन्द गरिएको छ । जनवरी अन्तिम सातातिर १० दिनमा बनाइएको अस्थायी अस्पतालमा कोरोना संक्रमितको उपचार सकिएपछि मंगलबार उक्त अस्पताल बन्द गरिएको हो । 
 
हुबेइ प्रान्तमा हाल तीन सय कोरोना संक्रमितको उपचार भइरहेको छ । यस प्रान्तमा फेब्रुअरीमा करिब १० हजार कोरोना संक्रमितको उपचार गरिएको थियो । 
चीन अहिले विश्वका विभिन्‍न मुलुकलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गरिरहेको छ । 
 
चिनियाँ सञ्‍चारमाध्यम सीसीटीभीका अनुसार विभिन्‍न मुलुकबाट कार्गो विमानहरु आएर कोरोना उपचारका लागि आवश्यक सामग्रीहरु लगिरहेका छन् । चीनले विभिन्‍न मुलुकमा चिकित्सकीय टोलीसमेत पठाएको छ । बीबीसी