Trending :
 

एक महिनामा अमेरिकामा दुई करोड १० लाखको जागिर गुम्यो

बैशाख ०४,२०७७

-

वैशाख ४,२०७७ काठमाडौं ।
 
कोरोना भाइरसको महामारीका कारण अमेरिकामा चार हप्तामा दुई करोड १० लाख मानिसहरुले जागिर गुमाएका छन् । यो अमेरिकी इतिहासमा अहिलेसम्मकै उच्च रेकर्ड हो । 
 
अमेरिकी श्रम मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ११ अप्रिलसम्म थप ५२ लाख ५० हजार मानिसले बेरोजगारीमा नाम दर्ता गराएका छन् । गत साता अमेरिकामा ६६ लाख मानिसहरुले बेरोजगार भएको भन्दै आवेदन दिएका थिए । 
 
कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिकहरुले कुनै न कुनै किसिमको लकडाउनको सामना गरिरहेका छन् । जसले गर्दा अमेरिकी अर्थतन्त्रलाई वास्तविक संकट उत्पन्‍न गराएको छ र ठूला(साना व्यवसायहरुले कर्मचारी कटौती गरेका छन् । 
 
अमेरिकामा यस महिनामा बेरोजगारीको दर २० प्रतिशतले बढ्‍ने बताइएको छ । 
 
अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार पुगेको छ भने विश्‍वभर सबभन्दा बढी ३० हजार ९८५ कोरोना संक्रमितको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । ( बीबीसी