Trending :
 

विश्वमा कोरोनाका कारण ज्यान गुमाउने डेढ लाख नजिक

बैशाख ०५,२०७७

-

वैशाख ५,२०७७ काठमाडौं ।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण आज विहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४१० पुगेको छ । 
 
कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । 
 
अहिले विश्वभर १४ लाख ८७ हजार ७५२ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५७७ को अवस्था गम्भीर रहेकोे छ । 
 
चीनको वुहानबाट कोरोना देखिए यता अहिलेसम्म यसको संक्रमण २१ लाख ७९ हजार ९०५ जनामा देखिसकेको छ ।