Trending :
 

कोरोना भाइरसबाट भारतमा ५४३ जनाको मृत्यु, १७ हजार बढि संक्रमित

बैशाख ०८,२०७७

-

वैशाख ८,२०७७ काठमाडौं ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १७ हजारभन्दा बढी पुगेको छ । भारतका विभिन्न राज्यमा गरी अहिलेसम्म झन्डै साढे पाँच सयभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । 
 
स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जारी गरेको तथ्यांक उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भारतमा संक्रमितको संख्या १७ हजार दुई सय ६५ पुगेको जनाएको छ । एएनआईका अनुसार गएको चौबीस घण्टामा कोरोनाका एक हजार पाँच सय ५३ नयाँ बिरामी देखिएका छन् । 
 
भारतमा अहिलेसम्म पाँच सय ४३ संक्रमितको मृत्यु भइसकेको छ । यसअघि आइतबार बेलुकी जारी गरिएको तथ्यांकअनुसार भारतमा १६ हजार एक सय १६ संक्रमित थिए भने मृत्यु हुनेको संख्या पाँच सय १९ थियो ।