कोरोना उपचार हुने बाहेकका अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन
-
बैसाख ८, २०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार हुने अस्पतालबाहेक अन्य विशेषज्ञ सेवा संचालन हुने अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाको उपचार हुने अस्पताल बाहेकका विशिष्टि तथा विशिष्टिकृत अस्पतालहरुलाई अत्यावश्यक सेवा सुचारु गरिरहन आग्रह गरेका हुन् ।
‘विभिन्न रोगहरु र अवस्थाहरु जस्तै क्यान्सर, डायलाइसिस गर्नुपर्ने अवस्था, मुटु रोग, प्रसूति सम्बन्धि जटिल र सुत्केरी सम्बन्धित सेवा, दम लगायतका दिर्घ रोगका बिरामीलाई अत्यावश्य सेवा चाहिने हुन्छ,’ सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले भने, ‘यस्ता सेवा दिइरहेका विशिष्टकृत अस्पतालहरु, अति विशिष्टिकृत अस्पतालहरु र मेडिकल कलेजहरु सबैले यो सेवाहरु शुचारु गरिरहनुभएको होला भनेर मन्त्रालयले अपेक्षा गरेको छ र शुचारु गर्न पनि अनुरोध गरेका छौं ।’
डा देवकोटाले कुनैपनि आकस्मिक स्वास्थ्य सेवा लिन आउने बिरामीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने बताए । उनले जटिल अवस्थामा बाहेक दीर्घ रोगका बिरामी र सुत्केरीलाई घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।
प्रवक्ता देवकोटाले विभिन्न अस्पतालमा रहेका लैंगिक हिंसाको ९ओसिएमसी० सेवा पनि संचालन गर्न निर्देशन दिए । उनले लकडाउनको कारण औषधि पसल जान नसकेको वा औषधि उपलब्ध नभएका दीर्घ रोगी, गम्भिर प्रकृतिका मष्तिष्क घातका बिरामी, विभिन्न किसिमका अपाङ्गता भएका बिरामीको लागि औषधि र साहायता उपलब्ध गरान पनि सबै स्थानीय तह र सरोकारवालालाई आग्रह पनि गरेका छन् ।
नयाँ संक्रमित छैन
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइसरको नयाँ संक्रमित नभेटिएको बताए । पछिल्लो २४ घण्टामा ३ सय २४ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको भएपनि नयाँ संक्रमण नभेटिएको प्रवक्ता डा देवकोटाले बताए ।
उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ४ सय १४ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित ३१ जनामध्ये ४ जना निको भएर घर फर्किएको र २७ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ ।
प्रवक्ता देवकोटाका अनुसार र्यापिड डाइग्रोस्टिक टेस्ट ९आरडीटी० विधिबाट हालसम्म २५ हजार १ सय ४८ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र ३ हजार १९ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका ७७ वटै जिल्लामा शुरु भएको छ ।
आरडीटी विधिबाट गरीने परीक्षणका गर्दा कुनै व्यक्तिमा कोरोना संक्रमणको संकेत ९एन्टिबडी पोजेटिभ० देखिएमा पिसिआर विधिबाट पुनस् परीक्षण गरेपछि मात्र स्वास्थ्य मन्त्रालयले ती व्यक्तिलाई संक्रमति मान्ने गरेको छ ।