Trending :
 

स्वास्थ्य सामाग्री खरिदका कागजात एकसाताभित्र पेश गर्न स्वास्थ्य मन्त्रालयलाई लेखाको निर्देशन

बैशाख १४,२०७७

-

बैसाख १४,२०७७ काठमाडौं ।
 
संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
 
समितिले आज मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्रियामा संलग्न सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
 
समिति सचिव डाक्टर रोजनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा विना प्रतिस्पर्धा ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध भएको जानकारी पाएको भन्दै खरिद प्रक्रियाका विषयमा चासो देखाएको हो ।
 
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया नै रद्ध गरेको थियो ।