Trending :
 

ईयूले दियो कोरोना रोकथामका लागि नेपाललाई १० अर्ब सहयोग

बैशाख १६,२०७७

-

वैशाख १६,२०७७ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन (ईयू) ले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । 
 
नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग नेपाललाई दिन लागेको हो ।
 
ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैया“ पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख ७९ हजार भने ईयूले सहयोगको रुपमा नयाँ प्रतिबद्धता गरेको हो ।
 
नेपालका लागि ईयूकी राजदूत भेरोनिका कोडीले यो संकटको समयमा ईयू नेपालको लागि भरपर्दो साथी र सहयात्री भएको बताएकी छन् । ‘हाम्रो सहयोगले नेपाल सरकारलाई यस संकटको घडीमा काम गर्न सहयोग गर्छ । त्यसले गर्दा आउन सक्ने ठूलो खतरालाई कम गर्न काम गर्छ,’ उनले भनेकी छन्,‘यो समयमा अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता अन्य समयभन्दा बढी महत्वपूर्ण छन् ।’
 
विज्ञप्तिअनुसार ईयूले झन्डै १५ अर्ब रुपैयाँ विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ । उक्त सहयोग कमजोरमा अवस्थामा रहेका र स्वास्थ्य प्रणाली खराब भएका मुलुकहरुका लागि हो ती मुलुकहरुमध्ये नेपाल एक हो ।