Trending :
 

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, अमेरिकामा मात्रै ५९ हजार २ सय २५ को मृत्यु

बैशाख १७,२०७७

-

वैशाख १७,२०७७ काठमाडौं ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।
 
पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ७ सय ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
संक्रमित ३१ लाख ३५ हजार ८ सय ९५ मध्ये ९ लाख ५२ हजार ९ सय ९० जना उपचारपछि निको भएका छन् ।
 
अमेरिकामा १० लाख ३५ हजार २ सय ४० जना कोरोना संक्रमित हुँदा ५९ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।
 
स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
 
त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।
 
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ ।
 
उता जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ ।
 
बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
 
भारतमा ३१ हजार ३ सय ६० जना संक्रमित हुंदा १ हजार ८ जनाको मृत्यु भएको छ ।
 
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुग्दा ३ सय १२ जनाको मृत्यु भएको छ । एजेन्सी