अर्का बलिवुड अभिनेता ऋषि कपूरको पनि निधन

बैशाख १८,२०७७

-

बैशाख १८,२०७७ काठमाडौं।
बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।
 
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो । 
 
क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।
 
बॉलिवुड अभिनेता इरफानको मृत्यु भएको समाचार सेलाउन नपाउदै अर्का बलिउड अभिनेता ऋषि कपूरले पनि यस संसारलाई बिदाइ गरे।
 
अमिताभ बच्चनले आधिकारिक ट्विटर ह्यान्डलमा ट्वीट गरेर यसको बारेमा जानकारी दिएका छन्। बिग बीले ट्वीट गरे..., उनले छोडे, कपूर गइसकेका छन... म सकिसकें भनेका छन् ।