Trending :
 

रुसी निर्माण मन्त्री भ्लादिमिर यकुशेभलाई कोरोना सङ्क्रमण

बैशाख २०,२०७७

-

बैशाख २०,२०७७ काठमाडौं ।
रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणपछि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्रीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । 
 
निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट सङ्क्रमित भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । 
 
गएको बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू कोरोना सङ्क्रमित भएको बारे जानकारी गराएका थिए । 
 
अहिले राष्ट्रपति पुटिनले भिडियोले आफ्नो आवासबाटै कन्फ्रेन्समार्फत सरकार सञ्चालन गरिरहेका छन् । 
 
गएको २४ घण्टामा रुट्ठमा ९ हजार ६ सय २३ जनामा सङ्क्रमण देखिएकोमा आधाभन्दा धेरै मस्कोका छन् । 
 
रुसमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दर बढिरहेको छ । कोरोनाको कारण रुसमा अहिलेसम्म एक हजार दुई सय २२ जनाको ज्यान गइसकेको छ ।