Trending :
 

किट अभावमा वीर अस्पतालमा कोरोना परीक्षण रोकियो

बैशाख २३,२०७७

-

वैशाख २३,२०७७ काठमाडौं ।
वीर अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने(रिएजेन्ट)किट अभाव हुँदा दुई दिनदेखि परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा केदार सेन्चुरीले किटको अभाव हुँदा परीक्षण दुई दिनदेखि रोकिएको जानकारी दिए  ।
 
“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सय किट दिएको थियो तर त्यो सकिएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ”, उनले भने, “मन्त्रालयमा एक सातादेखि भनिरहेका छौं तर अहिलेसम्म किट आइपुगेको छैन ।”
 
उनले कोरोना परीक्षण दैनिक २० जनसम्मको हुँदै आएकोमा अहिले ठप्प भएको बताए । “कोरोनाको संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने समयमा किटको अभाव रहेको छ,” उनले भने ।
 
कोरोना परीक्षण गर्न सरकारले १८ स्थानमा पीसीआर मेसिन जडान गरेको छ तर दुई दिन यता धेरै स्थानमा कोरोना परीक्षण रोकिएको बताइएको छ । 
 
हालसम्म १३ हजार ६४० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।