Trending :
 

निको भएर फर्किएका २ जनाको पीसीआर रिपोर्ट पुनः पोजिटिभ

बैशाख २४,२०७७

-

बैशाख २४,२०७७ काठमाडौं ।
 
नारायणी अस्पताल वीरगन्जबाट कोभिड-१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।
 
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो । उनीहरू सबैसँग निरन्तर फोन गरेर अस्पतालले स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेको थियो । 
 
५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्‍यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो । उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
 
डा। उपाध्यायले दुवै जनाको र्‍यालको नमुना आइतबार र मंगलबार पुनस् संकलन गरेर काठमाडौं ल्याइएको छ । यसको रिपोर्ट आएको छैन । दुई जनामध्ये एक जना दिल्ली निवासी र अर्का रौतहटका हुन् ।