Trending :
 

कोरोनाविरुद्धको खोप परीक्षणको पहिलो चरण पूरा,तेस्रो चरणको परीक्षण जुनको सुरुबाट गर्ने

बैशाख २५,२०७७

-

वैशाख २५,२०७७ काठमाडौं ।
नोभेल कोरोना भाइरसको संक्रमणविरुद्धको मोर्डेना खोप परीणको पहिलो चरण पूरा भएको बताइएको छ । 
 
अमेरिकी खाद्य र औषधी प्रशासनले मोर्डेना खोपको दोस्रो चरणको परीक्षणका लागि प्रक्रिया अघि बढाएको मोर्डेनाले जनाएको छ । 
 
मोर्डेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पहिलो चरण सफल रुपमा पूरा भएको र चाँडै दोस्रो चरणको परीक्षण सुरु गरिने जनाएको हो । 
 
कोरोनाविरुद्धको खोपको पहिलो पटक परीक्षण सुरु गरिएको एमआरएनए-१२७३ खोपले तेस्रो चरणको परीक्षणका लागिसमेत योजना बनाइसकेको जनाइएको छ । 
 
यस खोपको तेस्रो चरणको परीक्षण जुनको सुरुआतबाट गरिने बताइएको छ । -सीएनएन