Trending :
 

कोरोनाबाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु,संक्रमितको संख्या झण्डै १३ लाख

बैशाख २६,२०७७

-

वैशाख २६,२०७७ काठमाडौं । 
कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ ।
 
३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् ।
 
पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ ।
 
पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।
 
इटालीमा २ लाख १५ हजार ८ सय भन्दा बढी संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ ।
 
स्पेनमा २ लाख ५६ हजार ८ सय जना कोेरोना संक्रमित मध्ये २६ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७७ हजार ७ सय नाघेको छ ।
 
जसमध्ये २५ हजार ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ६९ हजार ४ सय भन्दा बढी संक्रमितमध्ये ७ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।
 
भारतमा ५६ हजार ३ सय भन्दा बढी संक्रमित हुँदा  एक हजार ८ सय ८९ को मृत्यु भएको छ ।