Trending :
 

कोरोना भाइरसबाट विश्वभर २ लाख ७६ हजार बढिको मृत्यु,अमेरिकामा सबैभन्दा धेरै

बैशाख २७,२०७७

-

बैशाख २७,२०७७ काठमाडौं ।
महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर २ लाख ७६ हजार २ सय १६ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १३ लाख ८५ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ४० लाख १२ हजार ४ सय ४८ जना संक्रमित भएका छन् ।
 
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७८ हजार ६ सय १५ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९ , फ्रान्समा २६ हजार २ सय ३०, बेलायतमा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ५ सय ४१, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार ५ सय १० र बेल्जियममा ८ हजार ५ सय २१ जनाको ज्यान गएको छ।
 
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ९ सय ९५ , पाकिस्तानमा ५ सय ९९ , बंगलादेशमा २ सय ६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ९, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय ९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।