कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले पीसीआर परीक्षण किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।
जसमा ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।
मन्त्री ढकालले मावनीय क्षति विना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भैरहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सामग्री र अनुभव दुबैको अभावका बीचमा पनि राम्रो प्रयास भैरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंशा गर्नुभयो ।
उहाँले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाइ विश्वका जुनजुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बतउनुभयो । उहाँले चीनका तर्फबाट विभिन्न मोडलमा भैरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो ।