Trending :
 

लकडाउनको ५० औँ दिनः आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्ने

बैशाख ३०,२०७७

-

बैशाख ३०, २०७७ काठमाडौं ।
लकडाउन भएको ५० औँ दिनमा आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ ।
 
विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ ।
 
कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।
 
गत चैत १० गतेदेखि बन्द रहेको शेयर बजार सुचारु गर्नका निम्ति नेपाल सरकारको निर्णय बमोजिम कुल कर्मचारीको एक तिहाई कर्मचारीहरु आलोपालो उपस्थित भई कार्यालय सञ्चालन गर्न लागिएको हो ।
 
बोर्डमा गत शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।