लकडाउनमा समस्यामा परेका कलाकारलाई राहत वितरण गर्न कोभिड-१९ सहयोग समिति गठन

बैशाख ३१,२०७७

-

वैशाख ३१, २०७७ काठमाडौं ।
नेपालमा लकडाउन कहिले खुल्ने निश्चित छैन । लकडाउनका कारण यतिबेला धेरै कलाकारहरु मर्कामा परेका छन् । कलाकारहरुले गीत संगीत सँगै स्टेज कार्यक्रमबाट आफ्नो जिविकोपार्जन गर्दै आएका थिए ।
 
अहिले लकडाउनले गर्दा स्टेज कार्यक्रम लगायत अन्य कामकाजहरु स्थगीत भएका छन् । त्यसैलेपनि कतिपय कलाकारहरुलाई अप्ठ्यारो परेको छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिले राहत बितरण गरिरहेको छ । 
 
साथै राहत वितरण कार्यलाई निरन्तरता दिनका लागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिले कोभिड-१९ सहयोग समिति गठन गरेको छ ।
 
समिति संयोजकमा रिता थापा मगर, सदस्य सचिव सुवास केसी, सदस्यहरु राधिका हमाल, हरि डाँगी, पिएन सापकोटा, देबी घर्ती, प्रकाश भट्ट, सुवास रेग्मी, सम्झना लामीछाने र अनुगमन र सल्लाहकारहरु दुर्गा रायमाझी, बद्री पंगेनी, पृथ्बी थकाली रहेका छन् ।
 
यस समितीले आकस्मिक सहयोगका लागी बैंक खाता सञ्चालन गरेको छ । सहयोग गर्न चाहने ईच्छुक ब्यक्तिले महालक्ष्मी बिकाश बैंक लि गोङ्गबु , काठमाडौं, नेपाल खाता नं. ०५५००१००४७३३४५०००००१ मा आफुले चाहेको रकम जम्मा गरी सहयोग गर्न सकिने केन्द्रिय महासचिव सुवास केसीले बताएका छन् ।