Trending :
 

सेयर बजार लकडाउन अवधिभर बन्द रहने

जेठ ०१,२०७७

-

जेठ १,२०७७ काठमाडौं ।
लकडाउनका कारण ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । बिहीबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड ९सेबोन० सञ्चालक समितिको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ । सोही निर्देशनअनुसार आजदेखि सेयर बजार बन्द हुनेछ ।
 
सरकारको अनुमतिमा मंगलबारदेखि सेयर बजार खुलेप नि कोरोनाको जोखिम झनै बढदै गएपछि बन्द गर्ने निर्णय भएको सेबोनका प्रवक्ता निरज गिरीले बताए ।
 
सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुदै आएकोमा अहिले २ घण्टाका लागि बजार खोलिएको थियो । दुबै देखि २र२ प्रतिशतका दरले बजार घटेपछि ऋणात्मक सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द भएको थियो ।