विज्ञ भन्छन्को-रोनाको कुनै भ्याक्सिन तयार गर्न सकिदैन:
कोरोनाभाइरस नियन्त्रणमा आउन नसक्ने डब्ल्यूएचओको चेतावनी
-
जेठ १, २०७७ काठमाडौं ।
विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् ।
उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए ।
माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने बताएका छन् ।
कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड-१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् ।