सरकारले स्नातकोत्तर युवाहरुलाई देश विकास र शैक्षिक कार्यमा देशैभर परिचालन गर्ने
-
जेष्ठ २, २०७७ काठमाडौं ।
सरकारले स्नात्तोकोत्तर उर्तिण युवाहरुलाई देश विकास र शैक्षिक कार्यमा देशैभर परिचालन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएकी हुन् । नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको हो ।
सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।
कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।
त्यस्तै, वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ ।
कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ,नीति तथा कार्यक्रममा उल्लेख छ ।