Trending :
 

सरकारले चितवनसम्म पेट्रोलियम पाइपलाइन ल्याउने

जेठ ०२,२०७७

-

जेष्ठ २, २०७७ काठमाडौं ।
सरकारले चितवनसम्म पेट्रोलियम पाइपलाइन बनाउने भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याइने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । 
 
यस्तै, भारतको सिलगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
त्यसैगरी, चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।