Trending :
 

माग न्यून रहेको भन्दै पेट्रोलिम पदार्थको मूल्य घटेन

जेठ ०३,२०७७

-

जेष्ठ ३,२०७७ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तेस्रो पटक पनि यथावत् राखेको छ । निगमले बजारमा इन्धनको माग न्यून रहेका कारण मूल्य समायोजन नगरेको हो ।
 
निगम प्रवक्ता विनितमणी उपाध्यायले बजारमा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून छ भने कोरोनाका कारण विशेष परिस्थिति जारी रहेका कारण पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको जानकारी दिए । 
 
भारतीय आलयल निगमले नेपाल निगमलाई पठाएको नयाँ खरिद मूल्य सूची अनुसार निगमलाई भारतबाट पेट्रोल खरिद गर्दा ५ रुपैयाँ ५६ पैसा बढी पर्नेछ । डिजेलको मूल्य भने २८ पैसा घटेर आएको छ ।
 
निगमले यसअघि दुईपल्ट पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको थियो । भारतीय आयल निगमबाट मूल्य घटेर आएको भएपनि वैशाख ४ गते र वैशाख १९ गते निगमले पेट्रोलिम पदार्थको मूल्य यथावत् राखेको थियो । त्यसअघि पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको थियो जसको बिरोध व्यवसायीले गरेका थिए । हाल पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर ९६ रुपैयाँमा कारोबार भैरहेको छ ।