चैत्र १४,२०७३
-
१४,२०७३चैत्र,काठमाडौँ –
एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ |
प्रतियोगिताको पहिलो खेलमै नेपालले पाकिस्तान समक्ष सोही लक्ष्य दिएको हो |
बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो |
पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७९ रन बनायो |
कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङ्स सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए |
१२६ बलको सामना गर्दै धमलाले ४३ रनको योगदान दिए | यस्तै भेषवाकरले ५८ बल खेल्दै ३८ रन बनाए | विनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रनको योगदान दिए |
अहिले पाकिस्तानले नेपाल बिरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ | पाकिस्तानले १८ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ६७ रन बनाएको छ |
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र वसन्त रेग्मी पनि टिममा छैनन् | नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, बङ्गलादेश र हङ्कङ समावेश छन् | समूह ‘बी’मा भारत, श्रीलङ्का, मलेसिया र हङ्कङ रहेका छन् । रासस
प्रमुख समाचार
सम्वन्धित समाचार