नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता घोषित

जेठ ०५,२०७७

-

जेठ ५, २०७७ काठमाडौं
दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् ।  थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् । 
 
अमेरिकी आइडलमा यसरी उपविजेता अर्थात् दोस्रो स्थान हासिल गर्ने उनी प्रथम नेपाली हुन् । 
 
यो संस्करणको विजेता जस्ट शाम अर्थात सम्यान्था डायज बनेकी छन् ।  अफ्रिकन अमेरिकन डायज न्यू योर्क सहरकी बासिन्दा हुन् । यसअघिका उत्कृष्ट २० देखी उत्कृष्ट १० र उत्कृष्ट ७ सम्म पनि सबैभन्दा बढी भोट ल्याएका पोखरेल फाइनलमा दोस्रो हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
 
उत्कृष्ट ७ वाट उत्कृष्ट ५ बनेका पोखरेलले फाइनलको लागि ग्याविन डिग्रले गाएका आइ डन्ट वान्ट टु वि बोलको गीत गाएका थिए ।