Trending :
 

कोरोनाबाट विश्वभर संख्या ३ लाख २० हजार बढिको मृत्यु,अमेरिकामा मात्रै ९० हजार बढिले ज्यान गुमाए

जेठ ०६,२०७७

-

जेष्ठ ६, २०७७ काडमाडौं ।
विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १९ हजार ८ सय नाघेको छ ।
 
करिब ४८ लाख ८६ हजार संक्रमित मध्ये १९ लाख ३ हजार बढी उपचार पछि निको भएका छन् ।
 
४४ हजार ७ सय ५४ जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
 
अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ ।
 
वर्ल्डोमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९ सय ८१ छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ रहेका छन् ।
 
संक्रमितमध्ये १६ हजार ८ सय ६८ जनाको स्थिती गम्भीर छ । यद्यपि, ३ लाख ५६ हजार ३ सय ८३ जना निको भएर घर फर्किसकेका छन् ।
 
इटालीमा २ लाख २५ हजार ८ सय बढी संक्रमित र ३२ हजारको मृत्यु भएको छ ।
 
फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।
 
यस्तै स्पेनमा २ लाख ७८ हजार कोरोना संक्रमित मध्ये २७ हजार ७ सय बढीको मृत्यु भएको छ ।
 
ब्राजिलमा २ लाख ५४ हजार बढी संक्रमित हुंदा १६ हजार ७ सय बढीको मृत्यु भएको छ ।
 
उता जर्मनीमा १ लाख ७७ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
 
चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।
 
रसियामा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ७ सय नाघेको छ ।
 
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्दा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ । एजेन्सी