अन्तराष्ट्रिय प्रसङ्ग
आषाढ १६,२०७४
-एजेन्सी
१६ असार,नयाँदिल्ली- भारतमा हुने राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी गठबन्धनको तर्फबाट मीरा कुमारले आफ्नो उम्मेदवारी दर्ता गरेकी छन् । बुधबार संसद् भवन पुगेर मीराले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन् । मीराको उम्मेदवारी दर्ता गर्न जाँदा त्यहाँ विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धीसहित शरद पवार, सीताराम यचुरी सहभागी थिए । उनको उम्मेदवारी दर्ता गर्न जाँदा ठूलो जमघट हुने अपेक्षा गरिए पनि विपक्षी गठबन्धनका तर्फबाट राहुल गान्धी, मायावती, अखिलेश यादव, लालु यादव, ममता बनजी, अमर अब्दुल्ला अजी सिंह सरिखेलगायतका नेताहरूको उपस्थिति रहेने बताइए पनि उनीहरू त्यहाँ पुगेनन् । उनीहरू अनुपस्थित हुँदा भारतमा विपक्षी गठबन्धनभित्रै दरार पैदा भएको आशंक उब्जिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले आफ्नो उपस्थिति नभए पनि आफ्नो प्रतिनिधित्व पठाएका थिए । राष्ट्रपति चुनावको तयारीसँगै २०१९ मा हुने आम निर्वाचनको तयारीमा विपक्षी गठबन्धन लागेको थियो । तर चुनाव नजिकिँदै गर्दा एकपछि अर्को विवाद विपक्षी गठबन्धनमा देखिएको छ । विपक्षी गठबन्धनका लागि ठूलो झड्का भनेको बिहारका मुख्यमन्त्री नीतिश कुमारको पार्टीले एनडीए उम्मेदवारलाई आफ्नो समर्थन दिनु हो । यस विषय विहारका नेताहरू एकअर्काविरुद्ध आलोचनामा उत्रिएका छन् जेडीयू नेताहरूले नीतिशकुमारविरुद्ध आवाज उठाउन थालेका छन् । यस्तोमा बिहारमा समेत सत्तारूढ गठबन्धनमा समेत विवाद बढेको छ । यद्यपि राष्ट्रपति निर्वाचनका लागि मीरा कुमारको नामांकनका बेला विपक्षी दलका नेताहरूको कम उपस्थितिलाई भने कांग्रेसले आन्तरिक समस्या भनेको छ । कांग्रेसले मीराको मनोनयनपत्रमा १८ दलका नेताहरूले हस्ताक्षर गरेको जनाइएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार