कोरोना परिक्षणका लागि शुल्क तोकिएको छैन, १५ हजार तिर्नुपर्ने भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण

जेठ ०७,२०७७

-

जेठ ७,२०७७ काठमाडौं ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणका लागि शुल्क नतोकिएको स्पष्ट पारेको छ । विभिन्न मिडियामा निजि स्वास्थ्य संस्थाबाट १५ हजार शुलक तिरेर कोरोना पिसिआर परिक्षण गर्नुपर्ने समाचार प्रकाशित प्रसारित भएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
 
मन्त्रालयले बुधबार विज्ञप्ती जारी गरि स्वदेशी तथा विदेशी नागरिकहरुलाई छिटो र भिडभाडमा जोखिम मोल्न नपरोस भनेर उनिहरुको अनुरोधमा सशुल्क परिक्षणको व्यवस्था गर्न लागेको तर शुल्क नै भने नतोकेको स्पष्ट पारेको हो ।
 
मन्त्रालयले शुल्क तिर्ने र नतिरि कोरोना परिक्षण गर्ने इच्छा सर्वसाधरणको भएकोले सरकारी वा निजिमा जान सक्ने विकल्प दिएको जनाएको छ ।
 
यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती-
Image may contain: text