Trending :
 

कोरोना महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु

जेठ ०८,२०७७

-

जेठ ८, २०७७ काठमाडौं ।
 
साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ ।
 
यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् ।
 
२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।
 
२७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ ।
 
विहिबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६५ हजार ७९८ जनाको मृत्यु भएको छ ।
 
१८ लाख ३० हजार ६६७ जना संक्रमित भएकोमा ८ लाख १२ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७ हजार ७९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ६१ हजार ३०७ पुगेको छ ।
 
यस्तै एसियाली मुलुकहरुमा २५ हजार ८५० जनाको मृत्यु भएको छ । ८ लाख ६३ हजार ४४० जना संक्रमित भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरुमा २६ हजार ५९० जनाको मृत्यु भएको छ । ५ लाख १८ हजार ३१० जना संक्रमित भएका छन् ।
 
अफ्रिकी मुलुकहरुमा ३ हजार १० जनाको ज्यान गएको छ भने ९६ हजार ७६४ जना संक्रमित छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८६ जना संक्रमित भएका छन् ।
 
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् ।
 
यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ । एजेन्सी