राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
-
जेष्ठ ९, २०७७ नयाँदिल्ली ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना संक्रमण भए नभएको परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
उनले पत्रकारसँग भने, “आज मैले बिहानै कोरोनाको परीक्षण गरेँ, रिपोर्ट सकारात्मक रुपमा नाकारात्मक आयो ।
उनलाई मास्क लगाउन आग्रह गरिए पनि ट्रम्पले आफू प्राय सबैबाट टाढै रहेकाले मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका थिए ।
तर ह्वाइट हाउसकै केही सदस्यमा कोरोना देखिए पछि राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना टेस्ट हुँदै आएको बीबीसीले जनाएको छ ।