Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

अष्ट्रेलियाको क्विन्सल्याण्ड तटीय क्षेत्रमा सामुद्रीक आँधी आउने संकेत

'२५ हजार मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह'

चैत्र १४,२०७३

-

१४,२०७३चैत्र,काठमाडौँ-

अष्ट्रेलियाको क्विन्सल्याण्ड तटीय क्षेत्रमा सामुद्रीक आँधी आउनसक्ने संकेत देखिएपछि सोही क्षेत्रमा बस्ने २५ हजार मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ |

प्राप्त जानकारी अनुसार,डेबि नाम दिईएको शक्तिशाली चक्रवात आँधी भोली विहान क्विन्सल्याण्ड पुग्ने बताईएको छ |

मौसम अधिकारीहरुका अनुसार, चक्रवात आँधीले १ सय किलोमिटर क्षेत्रमा बढी प्रभाव पार्ने बताइएको छ |

सोही आँधीका कारण टीय क्षेत्रमा बाढि आउन सक्ने बताईएको छ | सम्भावित आँधीको डरले क्विन्सल्याण्डका १ सय २ वटा विद्यालय तथा ८१ वटा शिशु शिक्षा केन्द्र बन्द गरिनुका साथै टाउन्सभिला र म्याके विमानस्थलका सम्पुर्ण उडानमा समेत रोक लगाइएको छ |