Trending :
 

गरीबी २ प्रतिशतले घट्योः अर्थमन्त्री खतिवडा

जेठ १३,२०७७

-

जेठ १३,२०७७ काठमाडौं ।
अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गरिबी घटेको बताएका छन् । 
 
संघीय संसदमा मंगलबार आर्थिक सर्वेक्षण पेश गर्दै उनले २ प्रतिशतले गरिबी घटेर १६ प्रतिशतमा झरेको बताएका हुन् । उनले सरकारले लिएको नीतिका कारण गरिबीको रेखामुनी रहेको जनसंख्या घट्दै गएको उल्लेख  गरे । आर्थिक सर्वेक्षणअनुसार मुलुकको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड छ।
 
कुल ऋणमध्ये आन्तरिक चार खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड छ। सर्वेक्षणअनुसार व्यापार घाटामा सुधार आएकोले शोधनान्तर स्थिति बचतमा छ। मूल्य वृद्धिदर एकल अंकमा भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको छ।