Trending :
 

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १ लाख नाग्यो

जेठ १४,२०७७

-

जेठ १४,२०७७ काठमाडौं ।
हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । 
 
वर्ल्डोमिटर्सको आँकडा अनुसार मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ ।
 
अमेरिकामा कोरोनाका कारण संसारभरी सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ ।