Trending :
 

प्रदेश र स्थानीय तहलाई विशेष कार्यक्रमका लागि करिब १० अर्ब बजेट विनियोजन

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
सरकारले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको बताए ।
 
सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ ।
 
यस्तै सरकारले प्रदेश र स्थानीय तहलाई विशेष खालको कार्यक्रमको लागि करिब १० अर्ब बजेट विनियोजन गरेको छ ।
 
यस्तै, ससर्त स्थानीय र प्रदेश सरकारलाई दिइने अनुदानमा पनि सरकारले बृद्धि गरेको छ । आर्थिक पुर्नरुत्थान र स्वास्थ्य प्राथमिकता बजेटको प्राथमिकता सरकारले दिइएको छ ।
 
विदेशी मुद्रा सञ्‍चिति एक खर्ब १७ अर्बले वृद्धि भइ ११ खर्ब ५६ अर्ब पुगेको मन्त्री खतिवडाले बताए ।