नागरिकको जीवन रक्षा बजेटको मुख्य प्राथमिकतामा

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
आउँदो आर्थिक वर्षको बजेटले कोरोनालगायत सङ्क्रामक र अरु सबै खाले रोगबाट नागरिकको जीवन रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । 
 
सङ्घीइ संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सङ्क्रामकलगायत सवै रोगबाट नागरिकको जीवन रक्षा गर्नु बजेटको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
 
यसको लागि स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्तरोन्नति र जनशक्ति विकासलगायतमा सरकारले विशेष जोड दिने उहाँले बताउनुभयो ।