सरकारले आगामी आर्थिक वर्षमा २ लाखलाई रोजगारी सिर्जना गर्ने

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । 
 
यस्तै इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए । यसबाट ५० हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
सरकारले स्टार्टअप फन्डका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।